काठमाडौं । युनिक डिजाइन, पावरफुल स्पेसिफिकेशन र परफरमेन्स सेन्ट्रिक इन्जिनियरिङ गरिएको प्रिमियम स्मार्टफोन ब्राण्ड नथिङले आफ्नो पहिलो स्मार्टफोन लन्च गरेको दुई वर्षमै विश्व बजारमा हलचल मच्चाउन सफल भएको छ ।
सन् २०२२ मा पहिलो स्मार्टफोन नथिङ फोन वान लन्च गरेको नथिङले सन् २०२४ को पहिलो चौमासिक सम्म आईपुग्दा ६९३ प्रतिशतको वार्षिक वृद्धि हासिल गर्न सफल भएको हो ।
यो अप्रत्याशित वृद्धिदर हासिल हुनमा यसले विश्व बजारमा ल्याएको मिडरेन्ज स्मार्टफोन ‘नथिङ फोन टु ए’ को मुख्य भूमिका रहेको मार्केट रिसर्च फर्म क्यानालिसले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ । स्मार्ट फोन डिजाइन निकै बोरिङ भए यसलाई नयाँ डिजाइन ल्यांग्वेजमा नयाँ तरिकाले रिडिजाइन गरिन आवश्यक छ भन्दै नथिङका संस्थापक कार्ल पेइले आफ्नो पहिलो स्मार्टफोन फोन वानलाई प्रिमियम लुक्स र डिजाइनमा विश्व बजारमा सन् २०२२ मा उतारेका थिए । आम उपभोक्ताले यसलाई अत्याधिक रूचाए ।
यो विश्व बजारको तत्कालीन फ्ल्यागसिप किलर बन्न सफल भयो । जसको दोस्रो संस्करण फोन टुप्रति उपभोक्ताको उस्तै उत्साहजनक प्रतिक्रिया रह्यो । जसले उत्साहित भएको नथिङले उही डिजाइन ल्यांग्वेज र उही प्रिमियमनेसमा अझ एफोर्डेबल बनाउँदै नथिङ फोन टु ए विश्व बजारमा उतारेपछि नथिङ ठूला स्मार्टफोन उत्पादकलाई नथिङ ठूलो चुनौती बन्ने देखिएको हो । भारतजस्तो मूल्यमा ज्यादै संवेदनशील बजारमा नथिङ फोन २ ए एकै दिनमा एक लाख युनिट बिक्री गरेर रेकर्ड कायम गर्न सफल भयो ।
यता नेपाली बजारमा चौधरी समूहअन्तर्गतको सीजी मोबाइलले नथिङ नेपाली बजारमा दुई महिना अगाडि आधिकारिक रूपमा लन्च गरेको हो । चौधरी समूहका प्रबन्ध निर्देशक निर्वाण चौधरीको प्रतक्ष्य संलग्नतामा नथिङ नेपाली बजारमा भित्रिएकाले यो ब्राण्डप्रति चौधरी समूहको लगाव र सम्भाव्यता बोकेको ब्राण्ड भएको प्रस्टै देखिन्छ ।
‘अन्तर्राष्ट्रिय बजारमा नथिङ्ले जुन रफ्तारमा आफूलाई अगाडि बढाउन सफल भएको छ, त्यही लयमा नेपाली बजारमा नथिङलाई अगाडि बढाउन हामी अग्रसर भइसकेका छौं,’ सिजी मोबाइलका महाप्रबन्धक विनय जोशी भन्छन्, ‘नथिङ एकातर्फ प्रिमियम ब्राण्ड हो भने अर्कातर्फ यो ज्यादै उपभोक्तामुखी छ । जसको उदाहरणको रूपमा यसको रिप्लेसमेन्ट पोलिसीलाई लिन सकिन्छ । वारेन्टीमा आएको समस्या होस् या फिजिकल ड्यामेज, नथिङका स्मार्टफोन ग्राहकले रिप्लेसमेन्टमा नयाँ सेट पाउँछन् ।’
नथिङले स्मार्टफोनमा मात्र नभएर बड्समा समेत ७६९ प्रतिशतको वृद्धि हासिल गरेको हो । टाढैबाट डिजाइनमा अलग देखिने नथिङले आफ्नो दोस्रो ब्राण्ड सीएमएफ सन् २०२३ मा लन्च गरको थियो । प्रतिस्पर्धी बजारमा बढी उपभोक्तामाझ पुग्नका लागि प्रतिस्पर्धी मूल्यका स्मार्टफोन, बड्स तथा स्मार्टवाचसमेत सीएमएफले उत्पादन तथा बिक्री-वितरण गर्दै आएको छ ।
FACEBOOK COMMENTS