काठमाडौं । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडको आईपीओ नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ। नेप्सेमा कम्पनीको ८६ लाख कित्ता सूचीकृत भएको हो।
कम्पनीले सर्वसाधारणलाई वितरण गरेको २५ लाख ८० हजार कित्ता र संस्थापक शेयरधनीहरुले लगानी गरेको ६० लाख २० हजार कित्ता शेयर गरी कुल ८६ लाख कित्ता नेप्सेमा सूचीकृत भएको हो।
अब कम्पनीको शेयर आज बुधबारको स्पेशल प्रि ओपन सेसनमा कारोबार भएपछि नियमित बजारमा पनि कारोबार हुनेछ। पहिलो कारोबारका लागि नेप्सेले कम्पनीलाई १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको ओपनिङ रेञ्ज प्रदान गरेको छ।