काठमाडौं । मुक्तिनाथ विकास बैंकका ग्राहकहरूले अनलाइन सपिङ प्लेटफर्म ‘बजेट पसल डट कम’मा विशेष छूट पाउने भएका छन् ।
बैंकले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकहरुलाई थप सेवा दिन काठमाडौ उपत्यकामा सञ्चालित अनलाइन सपिङ ‘बजेट पसल डट कम’सँग व्यावसायिक सम्झौताहरुमा हस्ताक्षर गरेको छ । बजेट पसल डट कमद्घारा केही किल्कबाट नै सजिलै विभिन्न सामग्रीहरु खरी दगर्न सकिन्ने बैंकले जनाएको छ ।
सम्झौतासँगै बैंकका ग्राहकहहरूले खाद्य वस्तुहरु, मोबाइल, ल्यापटप तथा अन्य विद्युतीय सामग्री, घरेलु सरसफाई, सुन्दरताका सामग्री तथा अन्य सामान सजिलै अनलाइन खरिद गर्न सक्ने छन् । होम डेलिभरीको व्यवस्था रहेको हुँदा यो सेवा आफू व्यस्त रहेको समय र कोरोनाको समयमा पनि निकै उपयुक्त रहने बैंकले विश्वास लिएको छ ।
सम्झौता अनुसार मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकहरुले बजेट पसल बाट ३ हजार रुपैयाँ भन्दा बढीको सामान अनलाइन खरीद र भुक्तानी गर्दा ५% सम्म छूट को फाइदा लिनसक्ने छन् ।
FACEBOOK COMMENTS