काठमाडौं । नेकपा एमालेका नेता पूर्व उपप्रधानमन्त्री डा. भीम रावलले अमेरिकी सहयोग मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) नेपालको हितमा नभएकाले पारित गर्न नसहने बताएका छन् ।
प्रधानमन्त्री शेयरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना, राजनीतिक दलका नेताहरू र सांसदहरूलाई समेत आज एक स्मृतिपत्र लेख्दै एमसीसी पारित गर्नै नहुने अडान पेश गरेका छन् । उक्त स्मृतिपत्रमा एमसीसी नेपालको अहितमा भएकाले पारित गर्न नहुने धारणा उनले व्यक्त गरेका छन् ।
उनले आफूले एमसीसीको बारेमा थाहा पाएदेखि नै आवाज उठाउँदै आएको नेता रावलको भनाइ छ । एमसीसीको बारेमा आफू यसअघि मन्त्रिपरिषद्मा हुँदा पनि जानकारी नगराइएको स्पष्ट पार्दै उनले भने, ‘जुन दिन थाहा पाएँ, मैले गहन अध्ययन गरेर बोलेको छु । हामी संविधान निर्माण र शान्ति प्रक्रियाको काम टुँगो लगाउन व्यस्त थियौं, बाबुरामले गोप्य रूपमा एमसीसी सम्झौता गर्नुभएको हो । अहिले त्यही भएर छिटो पास गराउनुपर्छ भनेर कराउनुभएको छ । बास्तवमा एमसीसीको बारेमा प्रतिनिधिसभामा पेश भएपछिमात्रै मैले थाहा पाएको हुँ ।’
यस्तो छ, रावलको स्मृतिपत्र–
FACEBOOK COMMENTS