काठमाडाैं । नेपाल स्टल एक्सचेन्ज नेप्सेले नबिल इन्भेष्टमेन्ट बैंकिङले संचालन गरेका २ वटा सामुहिक लगानी कोष योजनाको कारोबार रोक्का गरेको छ । नेप्सेले नबिल इक्विटी फण्ड र नबिल ब्यालेन्स फण्ड २ को कारोबार रोक्का गरेको हो ।
लाभांश प्रस्ताव सम्बन्धि सूचना नियम अनुसार समयमा नै जानकारी नदिएको भन्दै नेप्सेले कारोबार रोक्का गर्दै स्पष्टिकरण सोधेको हो । लाभांश घोषणा सम्बन्धि सूचना सोहि दिन वा भोलिपल्ट कारोबार सुरु हुनु अगाडी नेप्से मार्फत जानकारी गराउनु पर्नेमा यी दुई योजनाले कारोबार समयमा सूचना दिएपछि नेप्सेले स्पष्टिकरण सोधेको हो । नेप्सेले के कारणले यस्तो भएको हो भन्दै कम्पनीसँग जवाफ गरेको छ ।
नबिल इन्भेष्टमेन्ट बैंकिङको असोज २५ गते बिहान १० बजे बसेको संचालक समितिको बैठकले इक्विटी फण्ड र नबिल ब्यालेन्स फण्ड २ लाभांश घोषणा गरेको थियो । नियम अनुसार उक्त जानकारी असोज २५ गते कारोबार खुल्नु अगाडी नै नेप्से मार्फत जानकारी गराउनु पर्ने थियो । तर ढिलो गरि असोज २६ गते मात्र यस बारे नेप्सेलाई जानकारी दिएको र त्यो पनि कारोबार समयमा जानकारी दिएकोले नेप्सेले कारोबार रोक्का गर्दै स्पष्टिकरण सोधेको हो ।
नबिल म्युचअल फण्ड अन्तर्गतको योजना नबिल व्यालेन्स्ड फण्ड २ ले आर्थिक वर्ष २०७८/७९ को लागि योजनाको ईकाइधनीहरुलाई ७ प्रतिशत (कर सहित) का दरले हुन आउने रकम रु ७,८४,००,०००।- (अक्षेरुपी सात करोड चौरासी लाख रुपैयाँ मात्र) प्रतिफल वितरण गर्ने निर्णय गरेको छ।
त्यस्तै नबिल म्युचअल फण्ड अन्तर्गतको योजना नबिल इक्वीटी फण्डले आर्थिक वर्ष २०७८/७९ को लागि योजनाको ईकाइधनीहरुलाई ५ प्रतिशत (कर सहित) का दरले हुन आउने रकम रु ६,२५,००,०००।- (अक्षेरुपी छ करोड पच्चीस लाख रुपैयाँ मात्र) प्रतिफल वितरण गर्ने निर्णय गरेको छ ।
लाभांश बितरण प्रयोजनको लागि दुवै योजनाले कार्तिक १८ गते एक दिनको लागि बुक क्लोज गर्ने निर्णय गरेका छन्। कार्तिक १७ गतेसम्म कायाम इकाईधनीले मात्र उक्त लाभांश पाउँन सक्ने छन् ।
FACEBOOK COMMENTS