काठमाडौं । नाडा अटोमोबाइल्स एशोसियशन अफ नेपाल (नाडा) द्वारा आयोजना भइरहेको नाडा अटो शो २०२६ मा सहभागी सिद्धार्थ बैंकले ग्राहकहरूलाई लक्षित गरी विशेष अफर सार्वजनिक गरेको छ ।
बैंकले एक्स्पो अवधिभर सवारी साधन खरिदका लागि कर्जा लिने ग्राहकहरूका लागी ५.९६ प्रतिशत वार्षिक ब्याजदर तथा ०.५ प्रतिशत सेवा शुल्कसहितको आकर्षक कर्जा सुविधा सञ्चालनमा ल्याएको छ ।
यो विशेष योजना २०८३ भाद्र ०९ गतेदेखि १४ गतेसम्म (२५–३० अगस्ट २०२६) आयोजना भइरहेको नाडा अटो शो २०२६ अवधिमा बुकिङ गरिएका सवारी साधनका लागि लागू हुनेछ ।
सवारी साधन खरिद गर्न इच्छुक ग्राहकहरूले एक्स्पोमा सहभागी भई बैंकको विशेष कर्जा योजनाको लाभ लिन अनुरोध छ । यस योजनाबाट ग्राहकलाई सहज, सरल तथा प्रतिस्पर्धी ब्याजदरमा कर्जा सुविधा उपभोग गरि आफ्नो आवश्यकता अनुरूपको सवारी साधन खरिद गर्न सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।