बुटवल । नारायणगढ–बुटवल सडक निर्माणको सरदार भौतिक प्रगति ७० प्रतिशत रहेको छ ।
नारायणगढ–बुटवल सडक योजनाका अनुसार सडकको कुल ११३.५३ किलोमिटर लम्बाई मध्ये हाल कालोपत्रे र ढलान गरेको सडक गरि कुल ९९.८५ किलोमिटर अर्थात झण्डै १०० किलोमिटर पक्की सडक निर्माण सम्पन्न भइसकेको छ ।योजनाले कुल लम्बाईको झण्डै ८८ प्रतिशत पक्की सडक निर्माण सम्पन्न भइसकेको छ भने मुख्यतः दाउन्ने र घोडाहा क्षेत्रको केही भागमा पक्की हुन बाँकी रहेको जानकरी दिएको छ।हाल बर्षाको समय भएता पनि मौसमले साथ दिईरहेको कारण दाउन्ने क्षेत्रमा ढलानको कार्य तिब्र गतिमा भइरहेको सडक योजनाले जनाएको छ। यसैबीच यस सडक खण्डको म्याद अन्तिम पटक एक वर्षको लागि थप गरिएको छ ।
२०८२ साउन ८ गते सकिएको म्याद एक वर्ष थप गरी ०८३ साउन ७ गतेसम्मलाई थप गरिएको हो । नारायणगढ–बुटवल सडक योजनाले यसलाई अन्तिम पटक भनेको छ । अब २०८३ को साउन ७ गतेसम्म काम सम्पन्न गर्नुपर्ने अन्तिम समय तोकिएको छ । ठेकेदार कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले एक वर्षभित्र काम सक्ने प्रतिबद्धता जनाएको सडक योजनाले जानकारी दिएको छ ।
यस सडक खण्डको सुरु ठेक्का सम्झौताअनुसार यो सडक खण्ड २०७९ साउनमै सम्पन्न भइसक्नुपर्ने थियो। तर, अहिलेसम्म पनि सडकको निर्माण सम्पन्न नहुदा हरेक दिन लाखौं यात्रुले सास्ती बेहोर्नु परेको छ । योसहित सरकारले यस सडकखण्ड निर्माणको म्याद चौथो पटक थपेको हो ।
FACEBOOK COMMENTS