काठमाडौं- कोष व्यवस्थापन कम्पनी लिमिटेडको स्वामित्वमा रहेको नेको इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक तर्फको २ लाख कित्ता शेयर लिलामद्वारा विक्री हुने भएको छ ।
इन्स्योरेन्स कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरुलाई जेठ १३ गतेदेखि असार ३ गतेसम्म बोलकबोलद्वारा शेयर खरीद गर्न आव्हान गरेकोमा आवेदन नपरेकाले सङ्गठित संस्थामा विक्री गर्न लागेको हो ।
कम्पनीले शेयरको न्यूनतम मूल्य रू. २ सय ४२ तोकेको छ । सो शेयरमा बोलकबोल गर्दा न्यूनतम ५ हजार कित्ता र अधिकतम सम्पूर्ण कित्ताको लागि अवोदन दिन पाइनेछ ।
FACEBOOK COMMENTS