![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं- मङ्गलबार ६ दिने औपचारिक भ्रमणका लागि चीन जान लागेका प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रमणबारे सोमबार सङ्घीय संसदलाई जानकारी गराउने भएका छन् ।
भ्रमणबारे प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा र राष्ट्रिय सभालाई छुट्टाछुट्टै जानकारी गराउने संसद सचिवालयले जानकारी दिएको छ ।
संसद सचिवालयका अनुसार दिउँसो २ बजे राष्ट्रिय सभा र अपराह्न ४ बजे प्रतिनिधि सभाको बैठकमा उपस्थित भई प्रधानमन्त्री ओलीले चीन भ्रमणको बारेमा जानकारी गराउनेछन् ।
औपचारिक रुपमा चीन भ्रमणका एजेण्डा सार्वजनिक नभए पनि चीन भ्रमणका क्रममा सडक पूर्वाधार, विद्युत् प्रसारण लाइन, केरुङ–काठमाडौं रेलमार्गलगायतका विषयमा दुई पक्षीय सम्झौता हुनसक्ने अनुमान गरिएको छ ।
यसअघि आइतवार प्रधानमन्त्री ओलीले पूर्व प्रधानमन्त्रीहरुलाई सिंहदरबारमा बोलाएर चीन भ्रमणलाई उपलब्धिमूलक बनाउने गरी तयारी भएको बताएका थिए ।
FACEBOOK COMMENTS