![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/Corporate-Khabar-50-399-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं । एसीसी प्रिमियर कपमा नेपालले ओमानमाथि ८४ रनको जित हात पारेको छ ।
नेपालले दिएको ३११ रनको लक्ष्य पछ्याएको ओमानले २२६ रन मात्र बनाउन सक्यो । ४६.३ ओभरमा नवौं विकेट गुमाएको ओमानका अन्तिम ब्याट्सम्यान घाइते भएका कारण क्रिजमा आउन सकेनन् र नेपाल विजयी भयो ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले कुशल मल्लको शतक र सोमपाल कामीको अर्धशतकको मदतमा कीर्तिमानी ३१० रन बनाएको थियो ।
त्यस्तै सन्दीप लामिछानेले ४२ खेल खेल्दै ओडिआईमा १०० विकेट पूरा गरेका हुन् ।
६५ रन बनाएर खेलिरहेका महोमद नदिमलाई ४२.२ ओभरमा करण केसीले पबिलियनको बाटो देखाइदिएका हुन्।
यसअघि नेपालका लागि सन्दीप लामिछानेले ३, करण केसी ३, दीपेन्द्रसिंह ऐरीले २ र ललित राजवंशीले १ विकेट लिएका छन्।
नेपालका लागि कुशल मल्लले सर्वाधिक १०८ रन बनाए। कीर्तिमानी शतक प्रहार गरेका कुशलले ६४ बलमा ९ चौका र १० छक्का प्रहार गरे।
यस्तै सोमपाल कामीले पनि ६३ रन बनाउँदै अर्धसतकीय पारी खेले। ४८ बलमा उनले ९ चौका प्रहार गरे।
FACEBOOK COMMENTS