काठमाडौं । नेपाल इन्स्याेरेन्स कम्पनी लिमिटेडले साउन ६ गतेदेखि ३४ दशमलव ७८ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ ।
कम्पनीले हाल कायम रहेका शेयरधनीहरूलाई १०ः३ दशमलव ४७८३ अनुपातमा हकप्रद शेयर दिन लागेको हो ।
यसअनुसार कम्पनीले कुल १ करोड ८९ लाख ८ हजार ७८२ दशमलव ३१ कित्ता हकप्रद शेयर प्रतिकित्ता १०० रुपैयाँमा बिक्री गर्नेछ, जसबाट कम्पनीले झण्डै १ अर्ब ८९ करोड ८ लाख रुपैयाँभन्दा बढी जुटाउने लक्ष्य लिएको छ ।
हकप्रद शेयर बिक्री प्रयोजनका लागि कम्पनीले जेठ ३० गते बुक क्लोज गरिसकेको छ । त्यसैले जेठ २९ गतेसम्म कायम रहेका शेयरधनीहरूले मात्र यो हकप्रदमा आवेदन दिन पाउनेछन् । हकप्रद शेयर भर्ने अन्तिम म्याद साउन २६ गतेसम्म तोकिएको छ ।
हाल नेपाल इन्सुरेन्सको चुक्ता पुँजी १ अर्ब ८९ करोड ८ लाख रुपैयाँ रहेको छ । निर्जीवन बिमा कम्पनीका लागि नेपाल बिमा प्राधिकरणले तोकेको न्यूनतम चुक्ता पुँजी २ अर्ब ५० करोड रुपैयाँ हो ।
हकप्रद निष्कासनपछि कम्पनीको चुक्ता पुँजी बढेर २ अर्ब ५४ करोड ८५ लाख रुपैयाँ पुग्नेछ ।
यस हकप्रद शेयर निष्कासनमा एनआइएमबी एस क्यापिटल लिमिटेड ले बिक्री प्रबन्धकको जिम्मेवारी सम्हाल्नेछ ।
दरखास्त फारम प्राप्त गर्ने र बुझाउने स्थानहरुमा एनआइएमवि एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाण्डौं ,एनआइएमबि एस क्यापिटल लिमिटेड, शाखा कार्यालय, चिप्लेड्ङ्गा, पोखरा,एनआइएमबी एस क्यापिटल लिमिटेड, शाखा कार्यालय, ट्राफिकचोक, बुटवल,एनआइएमबि एस क्यापिटल लिमिटेड, शाखा, कार्यालय, आदर्शनगर, वीरगंज,एनआइएमबि एस क्यापिटल लिमिटेड, शाखा कार्यालय, गोल्छाचोक, विराटनगर, रहेका छन् ।
लगानीकर्ताहरूले बिक्री प्रबन्धकका केन्द्रीय तथा क्षेत्रीय कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् । साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरू र मेरो सेयर प्रणाली मार्फत पनि आवेदन दिन सकिनेछ ।
FACEBOOK COMMENTS