काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले २५ वर्ष पूरा गरेको अवसरमा १३ अर्ब रुपैयाँभन्दा बढी प्रथम बिमा शुल्क (एफपीआई) आर्जन गर्दै नेपालको जीवन बीमा उद्योगमा नयाँ कीर्तिमान कायम गरेको जनाएको छ ।
कम्पनीका अनुसार नेपालको जीवन बिमा इतिहासमा पहिलो पटक १३ अर्ब रुपैयाँभन्दा बढी प्रथम बिमा शुल्क आर्जन गर्दै नयाँ मापदण्ड स्थापित भएको हो । गत आर्थिक वर्ष १० अर्ब रुपैयाँ प्रथम बिमा शुल्क संकलन गरेको कम्पनीले यस वर्ष उक्त उपलब्धिलाई अझ माथि पुर्याएको जनाएको छ ।
यस अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले कम्पनीको उपलब्धिमा योगदान पुर्याउने सञ्चालक समिति, बीमित, बिमा अभिकर्ता, कर्मचारी, शेयरधनी, नियामक निकाय तथा अन्य सम्पूर्ण सरोकारवालाप्रति आभार व्यक्त गरेका छन् ।
उनले २५ वर्षदेखि विश्वास, गुणस्तरीय सेवा र उत्कृष्टतालाई केन्द्रमा राखेर अघि बढिरहेको कम्पनीले प्राप्त गरेको यो उपलब्धिले नेपालको जीवन बीमा क्षेत्रमा नयाँ मानक स्थापित गरेको बताए ।
कम्पनीले आगामी दिनमा प्रविधिमैत्री तथा ग्राहकमैत्री सेवा विस्तार, नवीन बिमा योजना, प्रभावकारी लगानी व्यवस्थापन, कर्मचारी तथा अभिकर्ताको क्षमता अभिवृद्धि र विश्वस्तरीय बिमा सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ ।
नेपाल लाइफले ‘२५ वर्षको विश्वास, १३ अर्बभन्दा बढीको ऐतिहासिक उपलब्धि’ सम्पूर्ण ग्राहक, अभिकर्ता, कर्मचारी, शेयरधनी तथा सरोकारवालाको साझा सफलताको परिणाम भएको उल्लेख गर्दै आगामी दिनमा पनि जीवन बिमा क्षेत्रको अग्रणी संस्थाका रूपमा उत्कृष्ट सेवा र नयाँ उपलब्धिलाई निरन्तरता दिने विश्वास व्यक्त गरेको छ ।