‘नेपालको भूमि अरु भूमिसँग साटिनु हुदैँन’
कर्पोरट खबर
9:22 pm, शुक्रबार, कात्तिक १०, २०८०
भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले लिम्पियाधुरा, कालापानी नेपालको भूमि रहेकाले त्यो भूमिसँग जग्गा साटफेर गर्न नहुने बताएका छन् ।
भक्तपुरको ल्यासिंखेलमा सुरु भएको दुई दिने ४३औँ नेपालभाषा साहित्य तःमुंज्या (भाषा सम्मेलन) मा उनले नेपालको भूमि सामरिक महत्वको क्षेत्र भएकोले कुनै पनि हालतमा नेपालले छोड्न नहुने बताए । बिजुक्छेले भने, “पूर्खाको रगतले कोरिएको हाम्रो सार्वभौम भूमि कहीँको जग्गासित पनि साटिन हुँदैन” ।
कार्यक्रममा बिजुक्छेले जनगायक चन्द्रबहादुर श्रेष्ठ, वरिष्ठ इञ्जिनीयर राजदास श्रेष्ठ, वरिष्ठ कार्टुनिस्ट मोहनश्याम खोकना र शिक्षाकर्मी अम्बिकामान मानन्धरलाई दोसल्ला ओढाएर नगद २५ हजारसहित सम्मानपत्रद्वारा सम्मान गरे । कार्यक्रममा वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, पूर्व न्यायाधीश गौरीबहादुर कार्की, ज्योतिषशास्त्री वीरेन्द्रप्रसाद कायष्थ, सम्मानित कार्टुनिष्ट मोहनश्याम खोकना, शिक्षाकर्मी मानन्धर, इञ्जिनीयर श्रेष्ठ, जनगायक श्रेष्ठलगायतले भाषाको महत्वबारे चर्चा गर्दै भाषाले नै इतिहास र पहिचान बोक्ने बताए ।
FACEBOOK COMMENTS