शेयरबजार परिसूचक (नेप्से इन्डेक्स) दुई हजार ८०० विन्दुमाथि पुगेको छ । आज बहीबार दिउँसो साढे १२ बजे नेप्से परिसूचक दुई हजार ८०२ विन्दुमा कायम भएको हो ।
त्यसबेलासम्म ८ अर्ब ४४ करोडको कारोबार भएको थियो भने १५८ कम्पनीको मूल्य बढ्दा ७८ वटा कम्पनीको घटेको र पाँचवटा कम्पनीको मूल्य स्थिर रहेको थियो ।
तर, दिउँसो दुई बजेसम्म आइपुग्दा नेप्से परिसूकच पुनः घटेर २७८० विन्दुमा ओर्लिएको छ । यो अवधिसम्म कुल १५ अर्ब ६१ करोड, ५० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
FACEBOOK COMMENTS