काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से सूचक १ दशमलव ५५ विन्दुले घटेको छ । यससँगै सूचक २६७६ दशमलव ९१ अंकमा आएको छ । यस अवधिमा २ करोड ४४ लाख ४३ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
यस सेसनमा ६७ कम्पनीको २५ हजार ५ सय ९४ कित्ता सेयर कारोबार हुँदा २८ कम्पनीको भाउ बढेको छ भने ३२ वटाको मूल्य घटेको छ । यो सेसनमा कुल १ सय ४८ वटा कारोबार भएको छ ।
FACEBOOK COMMENTS