काठमाडौं । शेयर बजार घट्नेक्रमले मंगलबार पनि निरन्तरता पाएको छ ।
आज नेप्से सूचक ३२ दशमलव २१ अंकले घटेर २७१९ दशमलव २० अंकमा आएको छ । ८ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । एउटा कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ ।
अरु सबै समूह घट्दा विकास बैंक समूहको सूचक भने १ दशमलव ९३ प्रतिशतले बढेको छ ।
यससँगै आइतबार नेप्से सूचक ४६ दशमलव ३३ अंकले घटेर २७७२ दशमलव १० अंकमा अडिएको थियो ।
बजार २७ सयको तहमा आएको थियो । ३ कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका थिए । १० अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको थियो। सबै समूहका सूचक घटेका थिए।
सोमबार नेप्से २० दशमलव ६८ अकंले घटेर २७५१ दशमलव ४२ बिन्दुमा कायम भएको थियो । ३११ कम्पनीको १ करोड ५० लाख ९४ हजार कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ३७ करोडको सेयर कारोबार भएको थियो ।
बैंकिङ समूहको ० दशमलव ४४ प्रतिशत, विकास बैंक समूहको ० दशमलव ७३ प्रतिशत, फाइनान्स समूहको ० दशमलव ७० प्रतिशत, होटल तथा पर्र्यटन समूहको ० दशमलव ९९ प्रतिशतसहित १२ वटै उपसूचक घटेका थिए ।
FACEBOOK COMMENTS