काठमाडौँ । पछिल्लो केही समय लगातार घट्दै गएको शेयर बजारमा आज सामान्य सुधार भएको छ। आज शेयर बजार परिसूचक चार दशमलव ९७ अंकले बढेर दुई हजार एक सय १६ दशमलव ६६ विन्दुमा पुगेको हो।
आज माइक्रो फाइनान्स र म्युचयल फन्डबाहेक अरू सबै समूहको शेयर सामान्य बढेको छ। दुई सय ६१ वटा कम्पनीका ५० लाख २४ हजार कित्ता शेयर किनबेच हुँदा एक अर्ब ७६ करोड ७० लाख रुपैयाँमा कारोबार भएका छन्। बजार बढे पनि कारोबार रकममा पनि निकै कमी आएको छ।
आज सबैभन्दा धेरै नेपाल बैंकको पाँच करोड ९३ लाख रुपैयाँको शेयर किनबेच भएको छ। आज सबैभन्दा धेरै आदर्श लघुवित्तको सेयर १० प्रतिशत र सिद्धार्थ इन्सुरेन्सको सेयर आठ प्रतिशतले बढेको छ।