काठमाडौं । विद्युतीय कार निर्माता चिनियाँ प्रमुख स्टार्ट–अप कम्पनी होजोन न्यू इनर्जी अटोमोबाइल्स कम्पनी लिमिटेडले उत्पादन गरेको कार ‘नेटा’ चीनबाट सर्वाधिक निर्यात हुने कारको सूचीमा परेको छ ।
जनवरीदेखि अप्रिलसम्मको तथ्याङ्क हनुसार ‘नेटा’ सर्वाधिक निर्यात भएको कारको सूचीमा परेको हो । यो अवधिमा नेटाका १३ हजार ६९४ वटा कार चीनबाट विभिन्न देशमा निर्यात भएका छन् ।
यस्तै, दोस्रो नम्बरमा एक्सपेङ्ग तीन हजार २९ वटा, सेरेस दुई हजार ६९१ वटा र स्काइवर्थ ३६८ वटा निर्यात भएका छन् ।
नेपालसहित विश्व बजारमा आफ्नो उपस्थिति बढाउँदै लगेको इलेक्ट्रिक भेहिकल ब्राण्ड नेटाले हाल चिनियाँ बजारमा नेटासहित नेटा आया, नेटा यू, नेटा एक्स, नेटा एस, नेटा जीटी जस्ता मोडलहरू बिक्री गरिरहेको छ ।
सन् २०२४ को अन्त्यसम्ममा विश्वका ५० देशमा ५०० वटा सेल्स एण्ड सर्भिस आउटलेट स्थपना गर्ने योजनाका साथ अघि बढिरहेको नेटाले नेपालमा सीजी मोटर्समार्फत नेटा बिक्रीवितरण गरिरहेको छ ।
नेटा कस्तो कार हो ?
नेटाको लम्वाई ४०७० एमएम, चौडाई १६९० एमएम र उचाई १५४० एमएमको रहेको छ । यो कारको ह्वीलवेस २४२० एमएमको रहेको छ । यसको एक साइडमा रेगुलर स्लो चार्जिङ र अर्को साइडमा फास्ट चार्जिङ पोर्ट रहेको छ ।
आकर्षक इन्टेरियर रहेको नेटामा भर्टिकल इन्फोटेन्मेन्ट सिस्टम, स्पीनर रहेको गोलो सेपको साँचो, दुबै साइड फ्ल्याट रहेको स्टेरिङ ह्वील रहेको छ ।
नेटा अन्तर्राष्ट्रिय बजारमा दुई ब्याट्री र मोटर अप्सनमा उपलब्ध रहेको छ । यसको स्टायडर्ड भेरियन्टमा ३१.१८ किलोवाट आवरको ब्याट्रीसँग ४० किलोवाटको मोटर रहेको छ । यसले फुल चार्जमा ३०१ किलोमिटर रेन्ज प्रदान गर्छ । यसको सिट क्षमता ५ वटा रहेको छ ।
त्यसैगरी यसको लङ रेन्ज मोडलमा ३८.५४ किलोवाट आवरको ब्याट्री प्याक र ५५ किलोवाटको मोटर छ । यसले फुल चार्जमा ४०१ किलोमिटर रेन्ज दिने बताइएको छ । नेटामा फ्रन्ट तथा रेयर दुवैतर्फ डिस ब्रेक छ । यो फ्रन्ट ड्राइभ मोड कार हो । ईभीमा भएको ब्याट्रीमा कम्पनीले ८ वर्ष वा १ लाख ५० हजार किलोमिटरसम्मको वारेन्टी दिएको छ ।
यो ईभीलाई चार्ज गर्न स्लो चार्जरबाट १२ घण्टासम्म लाग्छ भने, फास्ट चार्जरबाट चार्ज गर्दा ३० मिनेटमै ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।
नेटा नेपाली बजारमा ३८ लाख ९९ हजार रुपैयाँ मूल्य पर्दछ ।
FACEBOOK COMMENTS