काठमाडौं । नेपालको विद्युतीय गाडी (ईभी) बजारमा ‘नेटा भी’ प्रतिको आकर्षण उच्च देखिएको छ । नेपालमा नेटा भीको आधिकारिक वितरक सीजी ग्रुपका अनुसार नेपाल भित्रिएको छोटो समयमै नेटा भी ८०० बढीको संख्यामा बिक्री भइसकेको छ ।
कम्पनीका अनुसार उच्च प्रस्तुति, विश्वसनीय र वातावरणमैत्रीजस्ता विशेषताले नेटा भीप्रति ग्राहकको रूचि देखिएको हो ।
हरेक नेटा भीमा उन्नत प्रविधि र असाधारण इन्जिनियरिङ रहेको कम्पनीको दाबी छ । यसले ड्राइभिङमा फरक अनुभव दिने उसको भनाइ छ ।
नेटा भीमा ४०.७ केडब्ल्यूको ब्याट्री, ५० केडब्ल्यू मोटर रहेका छन् । यसले १२० एनएम टर्क जेनरेट गर्ने कम्पनीले उल्लेख गरेको छ । यसमा २० मिनेट चार्ज गर्दा ३० प्रतिशतबाट ८० प्रतिशतसम्म ब्याट्री चार्ज हुन्छ ।
सिंगल चार्जमा ३८० किमि रेन्ज दिने नेटा भी किन्दा ८ वर्ष वा डेढ लाख किमिको वारेन्टी पाइन्छ ।
नेटा होजोन अटोअन्तर्गतको कम्पनी हो । नेटा भी चीन, थाइल्याण्ड, इण्डोनेसिया, मलेसिया, म्यानमार, ब्राजिल, टर्की, स्पेनजस्ता देशमा पुगिसकेको छ ।
FACEBOOK COMMENTS