काठमाडौं । नेदरल्याण्डका तथ्याङ्क सुरक्षा अधिकारीहरूले साना बच्चाहरूको गोपनीयता उल्लङ्घन गरेको भन्दै बिहीबार टिकटकविरुद्ध सात लाख ५० हजार यूरो बराबरको जरिवानाको घोषणा गरेका छन् ।नेदरल्याण्ड तथ्याङ्क संरक्षण प्राधिकरणले भनेको छ, टिकटकको एप स्थापनासम्बन्धी जानकारी अङ्ग्रेजीमा रहेको र डच बच्चाहरूले यसलाई सजिलै नबुझ्ने भएकाले उनीहरू झुक्किएको बताइएको छ ।
‘टिकटकको व्यवस्थापनले गोपनियतासम्बन्धी सूचना डच भाषामा नदिएकोले उनीहरूको व्यक्तिगत तथ्याङ्क कसरी एपले सङ्कलन गर्छ भन्ने आवश्यक जानकारी नपाएको देखिएको छ,’ डीपीएद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।‘यो गोपनीयता कानूनको उल्लङ्घन हो, जुन यो सिद्धान्तमा आधारित छ कि मानिसहरूलाई उनीहरूको व्यक्तिगत तथ्यांक के भइरहेको छ भन्ने बारे स्पष्ट जानकारी दिनुपर्दछ,’ डीपीएका अधिकारीले भनेका छन् ।
एएफपीलाई दिइएको बयानमा टिकटकले यसको गोपनीयता नीति र युवा प्रयोगकर्ताहरूको लागि छोटो र बढी पहुँचयोग्य सारांश जुलाई २०२० देखि डच भाषामा उपलब्ध गराएको उल्लेख गरेको छ ।
डच तथ्याङ्क संरक्षण प्राधिकरणले यो कुराको समाधानका लागि यसपहिले नै सहमति गरेको दाबी टिकटकले गरेको छ ।ईयूले टिकटकको आक्रामक विज्ञापन विधिप्रति चिन्ता व्यक्त गर्दै यसलाई सम्बोधन गर्नुपर्ने कुरा गत मे महिनामा जनाएको थियो ।
FACEBOOK COMMENTS