काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड (एनआईएमबी) का ग्राहकहरू अब काठमाडौंस्थित हिल्टन होटेलमा विशेष छुट पनउने भएका छन्।
एनआईएमबी र हिल्टन होटेलबीच हालै सम्पन्न सम्झौताअनुसार, बैंकका ग्राहकले हिल्टन होटेलमा फुड एण्ड बेभरेज सेवामा अधिकतम १० प्रतिशतसम्मको छुट पाउनेछन्।
यस सुविधाको लाभ लिन ग्राहकहरूले एनआईएमबीको डेबिट वा क्रेडिट कार्ड, वा एनआईएमबी स्मार्ट (मोबाइल बैंकिङ) एप प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ।
डिजिटल कारोबारलाई प्रोत्साहन गर्न एनआईएमबीले समय–समयमा विभिन्न छुट र सुविधा उपलब्ध गराउँदै आएको छ। यस किसिमका अफरहरूले ग्राहकलाई नगदविहीन कारोबारतर्फ आकर्षित गर्ने उद्देश्य लिएको बैंकले जनाएको छ।
FACEBOOK COMMENTS