काठमाडौं। नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी)का अध्यक्ष पृथ्वीबहादुर पाँडे धरौटीमा रिहा भएका छन् ।
सोमबार काठमाडौं जिल्ला अदालतमा भएको थुनछेक बहसपछि न्यायाधीश नवराज दुलालको इजलासले पाँडेलाई ४० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।
पाँडेविरुद्ध गत साउन २७ गते ठगी, संगठित अपराध र बैंक तथा वित्तीय संस्थासम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको थियो । अदालतले मागेको धरौटी रकम बुझाएपछि उनी सोमबार नै रिहा भएका छन् ।
पाण्डेलाई राज्यको स्वामित्वमा गइसकेको स्मार्ट सेलको सम्पत्ति बेचेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले अनुसन्धान गरेको प्रतिवेदनमा आधारमा सरकारी वकीलको कार्यालयले मुद्दा दर्ता गराएको थियो ।