काठमाडौं । एनएमबी बैंकको २९औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
बैंकका सञ्चालक समितिका अध्यक्ष, सञ्चालक र शेयरधनीहरूको उपस्थितिमा बिहीबार त्रिभुवन आर्मी अफिसर्स क्लब टुँडिखेलमा साधारणसभा सम्पन्न भएको हो ।
एनएमबी बैंकको सञ्चालक समितिका अध्यक्ष मनोजकुमार गोयलको सभापतित्वमा साधारणसभा सम्पन्न भएको हो । साधारणसभामा बैंकका शेयरधनीहरूले आ-आफ्ना विचार राखेका थिए ।
बैंकको गत असारसम्ममा खुद नाफा २ अर्ब २४ करोड रूपैयाँ, निक्षेप २२७.१० अर्ब रूपैयाँ र कर्जा २०४.६१ अर्ब रूपैयाँ रहेको छ ।
बैंकले हाल देशभरि २०१ शखा, १८७ एटीएम र ११ एक्सटेन्सन काउन्टरहरूमार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।
FACEBOOK COMMENTS