काठमाडौं । ईक्रा नेपाल लिमिटेडले एनएमबि क्यापिटल लिमिटेडकोकोष व्यवस्थापन गुणस्तर मूल्याङ्कन(एफएमक्यूआर) रेटिङृक्ष्मा स्तर वृद्वि वा अपग्रेड गरेको छ ।
यो मूल्यांकनले कोष व्यवस्थापनको गुणस्तरमा उच्च विश्वसनीयता रहेको स्थितिलाई जनाउदँछ । यस सँगै एनएमबि क्यापिटल यस क्षेत्रमा सबैभन्दा उच्च रेटिङ प्राप्त गर्ने कम्पनी बनेको छ ।
कोष प्रवद्र्घक एनएमबि बैंक लिमिटेड र योजना व्यवस्थापक एनएमबि क्यापिटलको एनएमबि म्युचुअल फण्ड अन्तर्गत हाल तीन बन्दमुखी र एक खुलामुखी योजना संचालनमा रहेको छन् । एनएमबि ५० को २०८२ फाल्गुन ३० गतेको खूद सम्पत्ति १.३६ अर्ब कायम रही खूद सम्पत्ति मुल्य (एनएभि) १० रुपैयाँ ८६ पैसा रहेको छ ।
एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड–२ को २०८२ फाल्गुन ३० गतेको खूद सम्पत्ति १.४९ अर्ब कायम रही खूद सम्पत्ति मुल्य (एनएभि) १२ रुपैयाँ २० पैसा रहेको छ । एनएमबि हाइब्रिड फण्ड एल–२ को २०८२ फाल्गुन ३० गतेको खूद सम्पत्ति रु १.४७ अर्ब कायम रही खूद सम्पत्ति मुल्य (एनएभि) १० रुपैयाँ ७५ पैसा रहेको छ ।
‘एनएमबि सरल बचत फण्ड–इ’ नामल खुलामुखी योजनाको २०८२ फाल्गुन ३० गतेको खूद सम्पत्ति ४.७३ अर्ब कायम रही खूद सम्पत्ति मुल्य (एनएभि) ११ रुपैयाँ ०१ पैसा रहेको छ । यस योजनाको व्यवस्थित लगानी योजना अन्तर्गत हाल ५५,००० भन्दा बढि लगानीकर्ताहरुको सहभागिता रहेको छ र यो संख्या क्रमिक रुपमा वृद्धि भइरहेको छ ।

योजनाको आकार २०८२ चैत्र २६ गते ४.९४ अर्ब पुग्न सफल भएको छ । साथै यस योजनाको आकार १० अर्ब कायम गर्न धितोपत्र बोर्डबाट चैत ८ मा स्वीकृति प्राप्त गरेको छ । योजनाको आकार वृद्वि नेपाल धितोपत्र बोर्डको मिति २०८२/१०/०२ मा बीज पुँँजी सम्बन्धमा जारी गरिएको परिपत्र बमोजिम रहेको छ ।

क्क्ष्ए मा बढदो आकर्षण र हालै आकार वृद्विका लागि प्राप्त स्वीकृतिले यस योजनाको पहुँज र प्रभावलाई उल्लेखनीय रुपमा विस्तार गर्न मद्दत पुग्ने देखिन्छ ।