काठमाडौं । एनएमबि क्यापिटल लिमिटेडले भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुन:स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
संस्थाका अनुसार उक्त सहयोग रकमबाहेक कर्मचारीहरूले छुट्टै रकम संकलन गरी विभिन्न राहत सामग्री खरिद गरेर नेपाल सरकारको स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखा, टेकुमा जम्मा गरेका छन् ।
एनएमबि क्यापिटलले विपद्मा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ । साथै, बेपत्ताहरूको शीघ्र सकुशल उद्धार तथा घाइतेहरूको द्रुत स्वास्थ्य लाभको कामना गरेको छ ।