काठमडौं । निलम्बनमा परेका गभर्नर महाप्रसाद अधिकारीले पदबहालीका लागि सर्वोच्च अदालतमा दिएको रिटको सुनुवाई आज मंगलबार हुने भएको छ ।
गभर्नर अधिकारीको रिटमाथि एकल इजलासमा सुनुवाइ हुने गरी आजका लागि पेशी तोकिएको सर्वोच्च अदालतले जनाएको छ । सरकारले शुरू गरेको जाँचबुझ प्रक्रियाविरुद्ध सर्वोच्च अदालतमा आइतबार निवेदन लिएर पुगेका अधिकारी छानबिन समिति गठन भएपछि स्वतः निलम्बनमा छन् ।
गभर्नर अधिकारीमाथि छानबिन गर्न सरकारले सर्वोच्च अदालतका पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको अध्यक्षतामा तीन सदस्य समिति गठन गरेको छ ।
FACEBOOK COMMENTS