काठमाडौं । प्रतिक्षित एनसेल नेपाल सुपर लिग (एनएसएल) २०२५ ले नेपाली फुटबलप्रेमीहरूलाई रोमाञ्चित पार्ने गरी तेस्रो सिजनको खेलतालिका सार्वजनिक गरेको छ ।
एनसेल शीर्ष प्रायोजक रहेको यस सिजनमा ललितपुर सिटी एफसी, काठमाडौं रेजर्स एफसी, पोखरा थन्डर्स एफसी, बुटवल लुम्बिनी एफसी, धनगढी एफसी, झापा एफसी र चितवन गरी नेपालका सात उत्कृष्ट टोलीहरू एनसेल एनएसएल उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । आगामी १६ गतेदेखि सुरू हुने यो सिजन एक महिना लामो कडा प्रतिस्पर्धाको फाइनल खेल भने वैशाख १३ गते हुने छ ।
एनसेल एनएसएल २०२५ को पहिलो खेल सिजन १ को बिजेता काठमाडौं रेजर्स एफसी र सिजन २ को बिजेता ललितपुर सिटी एफसी बीचको भ्याली डर्बी रहने छ । यो बहुप्रतीक्षित खेलले फुटबलप्रेमीहरूलाई रोमाञ्चित बनाउनेछ, यो भिडन्तले थप उत्साह र प्रतिस्पर्धात्मक भावना सिर्जना गर्नेछ र सिजन भर नै यो उत्साहलाई कायम राख्नेछ । यो रोमाञ्चक खेलसँगै सिजनको यात्रा सुरु हुनेछ, जहाँ प्रत्येक टोलीले च्याम्पियन बन्ने लक्ष्य राख्नेछ । अप्रिल २६, २०२५ को फाइनल खेलमा यस सिजनको विजेता घोषणा गरिनेछ ।
नेपालको अग्रणी फुटबल मञ्च
नेपाल स्पोट्र्स एण्ड इभेन्ट्स म्यानेजमेन्ट (एनएसईएम) द्वारा आयोजित र अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा सञ्चालित एनसेल एनएसएल नेपालको प्रमुख व्यावसायिक फुटबल लिग बनिसकेको छ । यो लिगले नेपाली फुटबलको स्तर उकास्ने, नयाँ प्रतिभा निखार्ने र दर्शकहरूलाई अविस्मरणीय क्षणहरू प्रदान गर्ने कार्यमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।
एनसेल र एनएसएलबारे जानकारी
एनसेल, नेपालभर मोबाइल संचार तथा डिजिटल समाधान प्रदान गर्ने अग्रणी दूरसञ्चार कम्पनी हो । नेपाल सुपर लिग (एन्एसएल्) को मुख्य प्रायोजकको रूपमा, एनसेल नेपाली फुटबलको प्रवर्द्धनमा समर्पित छ, जसले उदीयमान तथा अनुभवी खेलाडीहरूलाई आफ्नो क्षमता देखाउने अवसर प्रदान गर्दछ ।
नेपालको प्रमुख व्यावसायिक फुटबल लिग एनसेल एनएसएल विभिन्न क्लबका उत्कृष्ट खेलाडीहरूलाई एक मंचमा ल्याउने गुणस्तरीय प्रतियोगिता हो । प्रत्येक सिजनले नेपाली फुटबललाई थप उचाइमा पुर्याउँदै यस खेलप्रति झनै गहिरो सम्बन्ध निर्माण गर्न यस प्रतियोगिताले मद्दत गरिरहेको छ ।
FACEBOOK COMMENTS