काठमाडौं । ओप्पोले नेपालमा आफ्नोे नयाँ ए सिरिजको स्मार्टफोन ओप्पो ए३ सार्वजनिक गरेको छ । दैनिक प्रयोगमा गरिने सबै प्रकारका काम र टिकाउका लागि डिजाइन गरिएको यो नयाँ शृंखलामा मिलिटरी-ग्रेड प्रतिरोध र मल्टिपल लिक्विड रेसिस्टेन्सका साथ ड्यामेज पु्रफ बडी साथै लामो समय टिक्ने ५१०० एमएएच ब्याट्री र ४५ वाट सुपभुक-टीएम फ्ल्यास चार्ज समावेश छ, जसको प्रयोग चार वर्षसम्म हुने बताइएको छ ।
थप सुविधाहरू १००० निट्स अल्ट्रा ब्राइट डिस्प्ले, अल्ट्रा भोल्युम मोड, स्न्यापड्रागन-आर टक फोरजी एचजी१ मोबाइल प्लेटफर्म, पर्याप्त मेमोरी र स्टोरेजसहितको ओप्पो ए३ ले गेमिङदेखि भिडियो स्ट्रिमिङसहित सबै मनोरञ्जन अनुभवलाई उत्कृष्ट बनाउँछ ।
विश्वसनीयताका लागि प्रयोगात्मक र टिकाउ डिजाइन
दैनिक प्रयोगकोे विश्वसनीयता सुनिश्चित गर्न डिजाइन गरिएको ओप्पो ए३ मा डबल-टेम्पर ग्लाससहित नवप्रवर्तनकारी सामग्रीहरू समावेश छ, जसले दैनिक गिरावटबाट हुन सक्ने असरहरूबाट फोनलाई सुरक्षित राख्दछ । यो स्मार्टफोनले उत्कृष्ट टिकाउको मान्यतास्वरूप मिलिटरी-ग्रेड प्रतिरोधका लागि एमआईएल-एसटीडी ८१०एच सर्टिफिकेसन र एसजीएस स्ट्याण्डर्ड सर्टिफिकेशन प्राप्त गरेको छ, जसले यो बजेटमैत्री फोनहरूमध्ये सबैभन्दा बलियो स्मार्टफोनमध्येमा पर्दछ ।
यसका अतिरिक्त आईपी५४ रेटेड यी दुई मोडलहरू वाटर र डस्ट रसिस्टेशन छन्, जसले सामान्य कफी, दूध चिया, सुप र पोरिजबाट हुन सक्ने चिपचिपापनबाट सुरक्षित राख्दछ । साथै स्प्ल्याश टच सुविधाका साथ स्क्रिन भिजेका बेला टच एक्युरेसी र प्रतिक्रिया सुधार गर्न सकिन्छ । यी सुविधामार्फत प्रयोगकर्ताहरूले हल्का वर्षामा, स्विमिङ पूलबाट बाहिर निस्केपछि वा अन्य धेरै दैनिक कार्यहरूमा भिजेको हातले पनि फोन चलाइरहन सक्नेछन् ।
ओप्पो ए३ केवल विश्वसनीय मात्र नभएर एक सुन्दर र ट्रेण्डी डिजाइनका साथ आएको छ, जसले यसलाई प्रतिस्पर्धी फोनहरूभन्दा भिन्न बनाउँछ । केवल ७.६८ मिलिमिटर मोटाइ र लगभग १८६ ग्राम तौलका साथ फोनको राइट एंगल फ्रेम र २डी फ्ल्याट-ब्याक कभरले सहज बनावट र अनुभवका साथ राउण्डेड रेक्ट्यांगल क्यामेरा डिजाइनले थप प्रिमियम फ्ल्यागशिप अनुभूति प्रदान गर्दछ ।
नेपालमा ओप्पो एथ्री दुई भिन्न रंग स्टारलाइट व्हाइट र स्टार्री पर्पलमा उपलब्ध छन् । यी मोडलहरू ग्लसी प्यानलमा डिजाइन गरिएका छन्, जसमा स्टारलाइट व्हाइट र स्टार्री पर्पलमा ग्लिटरी विवरणहरू रहेका छन् ।
लंगर ब्याट्री लाइफ र थप प्रभावकारी चार्जिङ
नयाँ ओप्पोमा ५१०० एमएएच् ब्याट्री समावेश छ, जसले दैनिक काम र मनोरञ्जनका लागि विस्तारित ब्याट्री लाइफ प्रदान गर्दछ । त्यसबाहेक यो ब्याट्रीमा १६०० चार्ज साइकल रहेको छ र यसले यसको सुरूआतको भन्दा ८०% भन्दा बढी क्षमता कायम राख्दछ भने औसत प्रयोगका लागि चार वर्षभन्दा बढीे समयका लागि उत्कृष्ट ब्याट्री क्षमता प्रदान गर्दछ ।
दुवै मोडलहरूमा ४५ वाट सुपरभुक-टीएम फ्ल्यास चार्ज समावेश भएकाले चार्जिङ दक्षतामा सुधार छ, जसले ब्याट्रीलाई ३० मिनेटमा ५०% र ७५ मिनेटमा १००% चार्ज गर्न सक्षम बनाएको छ । स्मार्ट चार्जिङमार्फत प्रत्येक प्रयोगकर्ताको चार्ज गर्ने बानीअनुसार ब्याट्रीलाई स्वचालित रूपमा चार्ज गरिन्छ, जसले ब्याट्री लामो समयसम्म टिक्ने थप स्मार्ट र सुरक्षित चार्जिङ अनुभव प्रदान गर्दछ ।
उत्कृष्ट हार्डवेयर र मनोरञ्जन सुविधाहरूले असाधारण गेमिङ अनुभव
स्न्यापड्रागन-आर टक फोरजी जेन१ मोबाइल प्लेटफर्मद्वारा सञ्चालित ओप्पो ए३ ले कम ऊर्जा खपतका साथ कुशल प्रदर्शन प्रदान गर्दछ । यसमा ६ जीबी र्याम+१२८ जीबी रोम र ८ जीबी र्याम+ २५६ जीबी रोम स्टोरेज रहेको छ । यी फोनहरूले गेम खेल्दा वा अनलाइन भिडियो स्ट्रिमिङ गर्दा जहिल्यै पनि सहज र प्रतिक्रियाशील अनुभव सुनिश्चित गर्दछन् ।
यसबाहेक ओप्पोको र्याम विस्तार प्रविधिले उपलब्ध र्यामलाई ८ जीबीसम्म बढाउन सक्नुका साथै आवश्यक पर्दा थप स्मुथनेस प्रदान गर्दछ । थप रूपमा कलर ओएस१४ को ट्रिनिटी इन्जिनले नयाँ कम्प्युटिङ पावर मोडलहरू प्रयोग गरी सही रूपमा प्रशोधन स्रोतहरू आवंटित गरेर दक्षता बढाउँछ ।
उन्नत प्रविधिका अलावा ओप्पो एथ्रीले ग्राहकहरूलाई परिष्कृत गेमिङ अनुभवहरू प्रदान गर्ने उद्देश्यले उच्च प्रदर्शन मनोरञ्जन सुविधाहरू प्रदान गर्दछ । दुवै मोडलहरूमा ६.६७ इन्चको एलसीडी डिस्प्लेले ९० हर्ज रिफ्रेस रेटका साथ स्मुथिङ दृश्य अनुभवहरू प्रदान गर्दछ । यसबाहेक स्वचालित प्रकाश पहिचानले स्क्रिनलाई रमाइलो वातावरणमा १००० निट्सको चमकता समायोजन गर्न सक्षम बनाउँछ, फोनबाहिर प्रयोग गर्दा पनि सबै प्रकारका सामग्रीहरूका लागि स्पष्ट दृश्य देखिने ग्यारेन्टी दिन्छ ।
कन्टेन्टहरू बनाउनका लागि ५० एमपी अल्ट्रा-क्लियर क्यामेरा, ५ एमपी सेल्फी क्यामेरा, साथै एआई पोट्रेट रिटचिङ, डुअल-भ्यू भिडिओ र थर्ड पार्टी भिडिओ रिटचिङजस्ता कार्यात्मक क्यामेरा सुविधाहरूले प्रयोगकर्ताहरूले न्याचुरल देखिने इमेजहरू र भिडिओहरू क्याप्चर गर्न सक्नेछन् । अतिरिक्त रचनात्मकता अनलक गर्दै ओप्पो ए३ जीवनका सबै महत्त्वपूर्ण क्षणहरू रेकर्ड गर्नका लागि विश्वसनीय साथी बन्न सक्छ ।
मूल्य र उपलब्धता
ओप्पो ए३ स्टारलाइट व्हाइट र स्टार्री पर्पल रंगमा यही भदौ १२ गतेदेखि नेपाली बजारमा उपलब्ध छ । साथै यसको मूल्य ६ जीबी+१२८ जबी स्टोरेज भेरियन्टको २२ हजार ९९९ रूपैयाँ र ८ जीबी+२५६ जीबी भेरियन्टको २७ हजार ९९९ रूपैयाँ तोकिएको छ ओप्पोका सबै रिटेलरहरूका स्टोरमा यो उपलब्ध हुनेछ ।
FACEBOOK COMMENTS