काठमाडौं । नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक इसेवाले ललितपुरको पुल्चोकस्थित लबिम मलमा ‘श्रावण र शृङ्गार’ कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ।
उक्त कार्यक्रम नेपाली महिलाको निम्ति विशेष मानिने श्रावणको महिनाको अवसरमा श्रावण २३ र २४ गते सञ्चालन गरिएको हो।
शनिबार र आइतबार बिदाको दिन आयोजित कार्यक्रमले इसेवा प्रयोगकर्ताहरू, सामाजिक सञ्जालमार्फत उपस्थित सहभागीहरूसहित विभिन्न क्षेत्र तथा पृष्ठभूमिका महिलाहरूलाई नजिक ल्यायो।

कार्यक्रमले सहभागीहरूलाई श्रावण महिना र तीजको सांस्कृतिक उत्साहसँगै एकै ठाउँमा मनाउने र अनुभव गर्ने अवसर दिएको कम्पनीले उल्लेख गरेको छ।
श्रावण महिना र तीजको परम्पराबाट प्रेरित भई आयोजना गरिएको कार्यक्रममा सहभागीका लागि ब्युटिसियनमार्फत मेहेन्दी लगाउने, पोलारोइड फोटो बुथमा स्मरणीय क्षणका फोटोहरू खिच्दै ठाउँको ठाउँ धुलाउने र विभिन्न खेलहरू खेल्दै आकर्षक पुरस्कार जित्ने जस्ता उत्साहजनक क्रियाकलाप तथा अनुभवहरू उपलब्ध रहेको थियो। यसले सबै उमेर समुहका सहभागीहरूका लागि एक जीवन्त र रमाइलो उत्सवको अनुभव प्रदान गरेको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार ‘श्रावण र शृङ्गार’ कार्यक्रम इसेवाको महिनाभर चल्ने ‘३सिइजदग्रिनफ्ल्याग’ अभियान अन्तर्गत सञ्चालन गरिएको थियो। यस अभियानले ती महिलाहरूको सम्मान गर्दछ। जसले आफूमात्र नभई अरूलाई पनि आत्मविश्वास बढाउन, लक्ष्यमा प्रोत्साहित भई अघि बढ्न र अरूको जीवनमा सकारात्मक प्रभाव पार्न प्रेरणा दिन्छन्।
महिलाहरूलाई हरेक दिन कदर र सम्मान गर्ने कम्पनीको प्रतिबद्धतालाई सुदृढ बनाउँदै कार्यक्रमले सांस्कृतिक परम्परा र सामुदायिक सहभागितालाई एकै ठाउँमा ल्याउँदै श्रावण र तीजको एक अवीस्मरणीय अनुभव सिर्जना गरेको छ ।