काठमाडौं । भारतको जम्मू–कश्मीरस्थित पहलगाममा कम्तीमा २७ जनाको ज्यान जाने गरी मङ्गलबार भएको आतङ्कवादी हमलाबारे पाकिस्तान सरकारले आफ्नो पहिलो प्रतिक्रिया दिएको छ ।
पाकिस्तानको विदेश मन्त्रालयले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकहरूका परिवारमा समवेदना प्रकट तथा घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।
मन्त्रालयले जारी गरेको बयानमा भनिएको छ, ‘भारतले अवैध रूपमा कब्जा गरेको जम्मू–कश्मीरको अनन्तनाग जिल्लामा भएको हमलामा पर्यटकहरूको मृत्युले हामी धेरै दुःखी छौँ । हामी मृतकहरूका परिवारजनप्रति समवेदना व्यक्त गर्दछौँ र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ ।’
यसैबीच, पाकिस्तानी रक्षामन्त्री ख्वाजा आसिफले एक समाचार च्यानललाई दिएको अन्तर्वार्तामा पहलगाममा भएको आतङ्कवादी हमलासँग पाकिस्तानको कुनै सम्बन्ध नभएको बताएका छन् । उनले यसलाई ‘भारतको आन्तरिक मामला’ भनेका छन् ।
FACEBOOK COMMENTS