काठमाडौं । पञ्चकन्या स्टील प्रा. लि. ५०० एक्सडि र ५५० एक्सडि रिबार (फलामे छड) हरूले ग्रिन प्रो प्रमाणपत्र प्राप्त गरेको छ ।
कम्पनीको वातावरणीय स्थिरता र निर्माण क्षेत्रको उत्कृष्टताप्रतिको प्रतिबद्धताका लागि यो एक महत्पूर्ण उपलब्धि भएको जनाएको छ ।
कन्फेडेरेसन अफ इन्डियन इण्डष्ट्री सिआइआइ– सोराभजी गोदरेज ग्रीन बिजनेस सेन्टरद्वारा प्रदान गरिएको ग्रीनप्रो प्रमाणपत्रले वातावरणीय प्रदूषणका लागि कडा मापदण्डहरू पूरा गर्ने उत्पादनहरूलाई मान्यता दिन्छ । यो प्रमाणपत्र ग्रहण पश्चात पञ्चकन्या स्टीलको उच्च गुणस्तर र पर्यावरणमैत्री सामग्रीहरू उत्पादन गर्ने प्रतिबद्धतालाई अझ उजागर गर्दछ ।
ग्रिनप्रो प्रमाणपत्र प्राप्त स्टील रिबारहरूले प्रयोगकर्ताहरूका लागि महत्वपूर्ण फाइदा हुने जनाइएको छ । संरचनात्मक डिजाइनरहरूको लागि, यी उच्च गुणस्तरका फिलामे डण्डीहरूले राम्रो डिजाइनलाई समर्थन गर्दछ, टिकाउपना बढाउँछ, विश्वास जगाउछ र निर्माण लागत तथा प्रभावकारिता र निर्माणको गति बढाउँछ । निर्माताहरूका लागि ग्रीनप्रो प्रमाणपत्रले उत्पादनहरूलाई प्रतिस्पर्धीहरूबाट फरक पार्दछ, नवप्रवर्तनलाई प्रोत्साहित गर्दछ, स्रोत संरक्षण बढाउँछ र वातावरणीय उत्कृष्टता कायम गर्दछ ।
पञ्चकन्या स्टीलको ५०० एक्सडि र ५५० एक्सडि रिबारहरू भैरहवामा निर्माण हुन्छ ।
FACEBOOK COMMENTS