काठमाडौं । संघीय संसद् अन्तर्गत् प्रतिनिधि सभाको बैठक आज मध्यान्न १ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने छ ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९-०८० पेश गर्ने कार्यसूची छ ।
बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको प्रतिवेदन सहितको राष्ट्रिय सभामा उत्पत्ति भएको विद्युतीय व्यापार विधेयक, २०८० माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।
उनले विद्युतीय व्यापार (इ–कमर्श) विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने संसद् सचिवालयले जनाएको छ ।
FACEBOOK COMMENTS