काठमाडौँ । सभामुख देवराज घिमिरेले रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य दीपक बोहराको निधनपछि एक स्थान रिक्त भएको जानकारी दिएका छन् । प्रतिनिधिसभा सदस्य बोहराको यही चैत १९ गते निधन भएको थियो ।
नेपालको संविधानको धारा ८९ को खण्ड ‘च’ बमोजिम प्रतिनिधिसभा सदस्यको स्थान रिक्त हुन आएकाले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २१५ को उपनियम २ बमोजिम सूचना प्रकाशित गरिएको सङ्घीय संसद् सचिवालयका महासचिव पद्यमप्रसाद पाण्डेले उल्लेख गरेका छन् ।
FACEBOOK COMMENTS