काठमाडौं । देशभर फैलिएको जेनजीहरूको आन्दोलन प्रहरी र सेनाको नियन्त्रणबाहिर पुगेको छ ।
प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको सुरक्षा घेरा तोडेर उनीहरू मुलुकको प्रमुख प्रशासनिक निकाय सिंहदरबारभित्रै छिरेका छन् ।
आन्दोलन नियन्त्रणबाहिर गएपछि उपत्यका प्रहरीले समेत आत्मसमर्पणको शैली अपनाएको छ ।
प्रहरी वृत्त र पोष्टहरुमा आगजनी हुन थालेपछि हतियार छाडेर प्रहरी सादा पोशाकमा निस्किएका छन् ।
१४ वटै वृत्तका थुनुवा छाडेर प्रहरी बाहिरिएका हुन् ।
BREAKING : नेता र मन्त्रीहरूलाई नेपाली सेनाले भैरवनाथ गणमा पुर्यायो
FACEBOOK COMMENTS