काठमाडाैँ । पार्टी सभापति रवि लामिछानेको रिहाइ माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मंगलबार बालुवाटार केन्द्रित प्रदर्शन गरेकाे छ । प्रदर्शनको तयारीमा रहेका कार्यकतामाथि सुरूवातमै प्रहरीले धरपकड गरेको भन्दै आन्दोलन चर्काएका छन् ।
प्रहरीले केही कार्यकर्ता र सासंदहरूलाई नियन्त्रणमा लिएपछि कार्यकर्ताहरूले निःशर्त रिहा नगरे आन्दोलन थप चर्काउने चेतावनी दिएका छन् । सहकारी ठगी प्रकरणमा कात्तिक २ मा लामिछाने पक्राउ परेसँगै रास्वपाले निरन्तर प्रदर्शन गर्दै आएको छ ।
FACEBOOK COMMENTS