काठमाडाैं । सिटीजन बैंकका अध्यक्ष प्रवल जंग पाण्डेले अर्थतन्त्र संधै चलायमान भइरहने बताएका छन् । सोमबार सामाजिक सञ्जालमा लेख्दै उनले अर्थतन्त्र सधै हिजो आज पनि चलायमान नै छ र भोलि पनि चलायमान नै रहने बताए ।
उनले लेखेका छन्,‘ अर्थतन्त्र सधै चलायमान भै रहन्छ , हिजो पनि चलामान नै थियो , आज पनि चलायमान नै छ र भोलि पनि चलायमान नै रहन्छ । के हामीले माग भन्दा बढी आपुर्ति गरेर अर्थतन्त्र चलायमान भएको छैन भन्न मिल्छ ? के हामी ले जग्गा को मुल्य अस्वभाबिक बृद्दी गराएर अहिले मुल्य समायोजन भै रहदा अर्थतन्त्र चलायमान भएन भन्न मिल्छ ? के हामीले माग भन्दा कयौ गुणा उद्योग को क्षमता बिस्तार गर्न ऋृण प्रवाह गरेर अहिले ऋृण को माग भएन भनेर अर्थतन्त्र चलायमान भएन भन्न मिल्छ ?’
FACEBOOK COMMENTS