काठमाडाैँ । प्रभु बैंक लिमिटेड गण्डकी प्रदेशले बागलुङ जिल्लाको पश्चिम भेग बुर्तिबाङमा ‘ग्लोबल मनी वीक २०२५’ को अवसर पारेर एक वित्तीय जनचेतनामूलक र्यालीको आयोजना गरेको छ ।
‘अनुसरण गर्नुअघि सोचौं, भोलिका लागि बुद्धिमानीपूर्ण वित्तीय निर्णय गरौं, अरूका कुरा सुनौं तर आधिकारिक कुरा सुनी निर्णय गरौं’ भन्ने मूल नाराका साथ सोमबार र्याली आयोजना गरिएको हो । उक्त र्यालीले बुर्तिबाङ बजार क्षेत्रको परिक्रमा गरेको थियो ।र्यालीमा सहभागीहरूले वित्तीय साक्षरतासम्बन्धी नारा लेखिएका प्लेकार्ड र ब्यानर बोकेका थिए ।
कार्यक्रममा बोल्दै प्रभु बैंक बुर्तिबाङ शाखाका प्रमुख ज्ञानबहादुर क्षेत्रीले ग्लोबल मनी वीकको महत्त्व र वित्तीय साक्षरताको आवश्यकताबारे प्रकाश पारे । उनले बालबालिका, वृद्ध तथा युवापुस्तालाई बचत, लगानी र वित्तीय योजनाको महत्त्व बुझाउन यस्ता कार्यक्रमहरूले महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।
र्यालीको मुख्य उद्देश्य युवापुस्तालाई सानैदेखि बचत गर्ने बानीको विकास गराउनु, वित्तीय योजनाको महत्त्व बुझाउनु र वित्तीय साक्षरताको प्रवर्द्धन गर्नु थियो । बैंकले आगामी दिनहरूमा पनि यस्ता जनचेतनामूलक कार्यक्रमहरू आयोजना गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।
FACEBOOK COMMENTS