काठमाडाैं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) सहित विपक्षी दलहरूको अवरोधपछि प्रतिनिधि सभा बैठक आधा घन्टाका लागि राेकिएकाे छ।
आज बुधबार बसेको प्रतिनिधि सभा बैठकमा सरकारले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएको विषयमा विपक्षी दलहरूका तर्फबाट माओवादीका सांसद शक्तिबहादुर बस्नेतले प्रधानमन्त्रीसँग जबाफ माग गरेका थिए।
तर प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित थिएनन्।
FACEBOOK COMMENTS