काठमाडौं । ‘मिस युनिभर्स नेपाल २०२६’को उपाधि प्रयासना गुरूङले जितेकी छन्।
आइतबार बेलुका भएको काठमाडौंको होटल सोल्टी क्राउन प्लाजामा आयोजित ग्रान्ड फिनालेमा प्रयासनाले ताज पहिरिएकी हुन्।
गुरुङ बेलायतस्थित गैरआवासीय नेपाली हुन् र उनले महिला सशक्तीकरणका कार्यक्रम चलाइरहेकी छिन् ।
जहाँ मिस युनिभर्सहित ‘मिस अर्थ नेपाल २०२६’ को विजेता समेत घोषणा गरिएको छ। विनिता ओली ‘मिस अर्थ २०२६’ घोषित भइन्।
फिनालेमा पूर्वमिस युनिभर्स इन्डिया तथा बलिउड अभिनेत्री सेलिना जेटली मुख्य निर्णायक थिइन्।

यसअघि ‘मिस अर्थ’को आयोजना मिस नेपालको आयोजक संस्था द हिडन ट्रेजरले गर्दै आएको थियो।

तर, केही वर्ष पहिले संस्थाले आयोजना छाडेको थियो। अहिले मिस युनिभर्स नेपालको इजाजत लिएको संस्थाले नै मिस अर्थको आयोजना गरेको हो ।