काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वन र भूमिसम्बन्धी दुई वटा अध्यादेश जारी गरेका छन्।
राष्ट्रपति पौडेलले मंगलबार दिउँसो ‘वनसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८३’ र ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८३’ जारी गरेका हुन्।
राष्ट्रपति कार्यालयका प्रवक्ता श्यामप्रसाद भण्डारीले दुवै अध्यादेश जारी भएको जानकारी दिए।
