काठमाडौँ । तत्काललाई गृहमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन शाहले नै सम्हाल्ने भएका छन् ।
आज सुधन गुरुङले गृहमन्त्री पदबाट राजीनामा दिएसँगै प्रधानमन्त्रीले उक्त जिम्मेवारी आफू मातहत नै राखेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
विवादित व्यापारी दीपक भट्टसँग साझेदार रहेको तथ्य बाहिरिएपछि उनी पनि विवादमा तानिएका थिए । त्यसपछि उनले आफूमाथि पनि निष्पक्ष छानबिन होस् भन्दै पदबाट राजीनामा दिएका हुन् । प्रधानमन्त्री बालेनले अहिले रक्षा मन्त्रालय पनि आफैसंग राखेका छन् ।
