काठमाडौं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले जानकी मन्दिरमा पूजाअर्चना गरेकी छन् । अन्तरिम सरकारको नेतृत्व गरेपछि शुक्रबार पहिलोपटक जनकपुरधाम गएकी उनले जानकी मन्दिर पुगेर पूजाअर्चना गरेकी हुन् ।
जनकपुरधाम विमानस्थल हुँदै जानकी मन्दिर पुगेकी प्रधानमन्त्री कार्कीले पूजाअर्चनापश्चात् त्यहाँका महन्थ र पूजारीसँग समेत भेटघाट गरिन् ।
पूजापश्चात् उनले आफू राजनीति गर्ने मान्छे नभएको र धार्मिक प्रयोजनका निम्ति मात्र जनकपुरधाम आएको बताइन् ।
जनकपुरधामबाट उनी महोत्तरी जाने कार्यक्रम छ । उनले महोत्तरीको गौशालास्थित निगौल गाई गौशालाको निरीक्षण गर्नेछिन् ।


FACEBOOK COMMENTS