काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठक सिंहदरबारमा जारी छ ।
समसामयिक राजनीतिका बिषयमा छलफल गर्न आह्वान गरिएको बैठक सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको हलमा बसिरहेको रास्वपा संसदीय दलका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।
उनका अनुसार रास्वपा सभापति लामिछानेले भर्खरै सम्पन्न भएको भारत भ्रमणबारे जानकारी गराएका छन् भने समसामयिक राजनीतिका बिषयमा छलफल जारी छ ।
सहभागी सबै दलका नेताहरूले सर्वदलीय बैठकको माध्यमबाट संवाद सुरू गरेकोमा स्वागत गर्दै राजनीतिक विषयमा छलफल भएको छ ।
साथै संसदमा जारी गतिरोध अन्त्यका लागि समेत रास्वपा सभापति रवि लामिछानेले छलफल गरेको र बैठकमा छलफल चलिरहेको बुर्लाकोटीको भनाइ छ । सर्वदलीय बैठकको छलफल लम्बिएका कारण पाँच दिनपछि बस्न लागेको प्रतिनिधिसभा बैठक सुरू हुन सकिरहेको छैन ।

बैठक आज सोमबार बिहान ११ बजे बोलाइएको थियो । साढे १२ बजिसक्दाप नि बैठक सुरू हुन सकेको छैन ।
