काठमाडौं । सहकारीको बचत अपचलनको मुद्दामा पुर्पक्षका लागि जिल्ला कारागार कार्यालय रूपन्देहीमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दर्ता गराएको बन्दी प्रत्यक्षीकरणको रिटको पेसी आज सोमबार तोकिएको छ ।
हिजो आइतबार लामिछानेकी श्रीमती निकिता पौडेलले सर्वोच्च अदालतमा दर्ता गराएको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुन लागेको हो ।
गैरकानुनी रूपमा थुनामा राखिएको जिकिर गर्दै दर्ता गरिएको रिटमा एकल इजलासले सुनुवाइ गर्नेछ ।
यसअघि लामिछानेले आफूलाई थुनामा पठाउने उच्च अदालत तुलसीपुरको बुटवल इजालसले गरेको आदेश बदरको माग गर्दै सर्वोच्च अदालतमा छुट्टै रिट हालेका थिए ।
उक्त रिटमा सुनुवाइ गर्दै सर्वोच्चले कैफियत प्रतिवेदन झिकाउन आदेश गरिसकेको छ ।
FACEBOOK COMMENTS