काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको रूपन्देही जिल्ला अदालतमा आजदेखि थुनछेक बहस सुरू भएको छ । आज थुनछेक बहस नसकिएपछि यसलाई भोलि पुनः निरन्तरता दिने गरी हेर्दाहेर्दैमा राखिएको छ ।
बुटवलको सुप्रिम सहकारीको रकम अपचलन आरोपमा मुद्दा दर्ता भएका लामिछाने हिजो अदालत उपस्थित भएका थिए । हिजो उनको बयान भएको थियो ।
जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा उनको बहस भइरहेको छ ।
आज पनि उनलाई परिवारको जिम्मा लगाउने आदेश भएको अदालत स्रोतले जानकारी दिएको छ ।
बिहीबार सरकारी वकिलहरूले थुनछेक बहस गरेका थिए । सरकारी वकिलहरूको बहस सकिएपछि पीडितका तर्फबाट वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बहस गरेका थिए ।
पीडितका तर्फबाट बहस गर्न रूपन्देही पुगेका अर्का वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले भने भोलि मात्रै बहस गर्नेछन् ।
FACEBOOK COMMENTS