काठमाडौं । भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बिसिसीआइ) को निर्देशनपछि कोलकाता नाइट राइडर्सले बंगलादेशी खेलाडी मुस्ताफिजुर रहमानलाई रिलिज गरेको छ । कोलकोताले बोर्डको निर्देशन अनुसार मुस्ताफिजुरलाई टिमबाट रिलिज गरिएको बताएको छ ।
बिसिसीआईले बंगलादेशका क्रिकेट खेलाडीलाई आइपीएलमा खेल नदिने निर्णय गरेसँगै कोलकोतालाई मुस्ताफिजुरलाई रिलिज गर्न निर्देशन दिएको थियो । बंगलादेश र भारतबीचको पछिल्लो विवादपछि बिसिसीआईले यस्तो निर्णय लिएको हो । बिसिसीआईका सचिव देवजित सैकियाले आइपिएल टिम कोलकाता नाइट राइडर्सलाई बंगलादेशका खेलाडी मुस्ताफिजुर रहमानलाई रिलिज गर्न निर्देशन दिएका बताएका थिए ।
बोर्डले रहमानको स्थानमा प्रतिस्थापनको लागि अनुरोध गर्न सक्ने र बोर्डले त्यसको अनुमति दिने बताएका छन् ।
बंगलादेशमा हिन्दूहरुमाथि एक पछि अर्को आक्रमण भइरहेपछि भारतमा चर्को विरोध भइरहेको छ । केहि दिनदेखि बंगलादेशी खेलाडीलाई आइपिएलमा खेल्न दिन नहुने माग गर्दै विरोध हुदै आएको थियो ।
FACEBOOK COMMENTS