काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राजसंस्था पुनस्र्थापनाको मागसहित बिजुलीबजार र नयाँ बानेश्वर क्षेत्रमा आन्दोलन गरिरहेको छ । तर, सो आन्दोलनमा पार्टीका शीर्ष नेताहरू भने देखिएका छैनन् ।
राप्रपाका नेताहरूलाई प्रहरीले सिंहदरबारस्थित संसदीय दलको कार्यालयमै थुनेर राखेको सांसद एवम् राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले जानकारी दिएका छन् । उनीहरूलाई बाहिर निस्किन नदिइएको उनको भनाइ छ ।
नेताहरूलाई बाहिर निस्किन नदिएपछि बाहिर रहेका पार्टी अध्यक्ष तथा सांसद राजेन्द्र लिङ्देन पनि कार्यालयमै पुगेका छन् । उनले प्रहरीलाई हिडडुलमै अवरोध सृजना नगर्न आग्रह गरेका छन् ।
प्रहरीसँग रिसाएका उनीहरूले सिंहदरबारभित्रै सांकेतिक आन्दोलन गर्न थालेपछि अध्यक्ष लिंदेनसहितलाई प्रहरीले पक्राउ गरेको बताइएको छ । यसबारे सार्वजनिक पुष्टि भइसकेको छैन ।
FACEBOOK COMMENTS