काठमाडौं । पार्टी अध्यक्ष राजेन्द्र लिङदेन पक्राउ परेसँगै राप्रपाको आन्दोलन आजलाई स्थगित गरिएको छ ।
पार्टीका उपाध्यक्ष बिक्रम पाण्डेले नेता छुटाउन जानपर्ने भएकाले आजको आन्दोलन स्थगित गरिएको जानकारी दिए । उनले राजसंस्था पुनर्स्थापनाको आन्दोलन भने जारी रहने बताएका छन् ।
‘आन्दोलनको स्वरुप बदलेर जारी राखिनेछ । यो भन्दा पनि सशक्त रुपमा क्रमिक रुपमा आन्दोलन अघि बढाउने हाम्रो लक्ष्य छ । त्यसका लागि सम्पूर्ण राष्ट्रवादी नेपालीहरूले साथ लिनुहुनेछ भन्ने आशा राखेका छौं,’ उपाध्यक्ष पाण्डेले भने, ‘भोलिको आन्दोलनको स्वरुपबारे भोलि जानकारी दिनेछौँ । सुरक्षाका अंगलाई नआत्तिन आग्रह गर्छु आन्दोलन शान्तिपूर्ण हुने छ । आजको आन्दोलनलाई यहीँ स्थगित गर्छौँ र हामी हाम्रा नेता छुटाउन जाने छौँ ।’
प्रदर्शनस्थलमा पुग्नअघि नै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलगायत नेताहरू प्रहरी नियन्त्रणमा
FACEBOOK COMMENTS