काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डेले सङ्घीय निजामती सेवा विधेयकमा व्यवस्था गरिएको दुईवर्षे कुलिङ पिरियडको व्यवस्थाबाट सरकार पछि हट्न नहुने बताएका छन् ।
प्रतिनिधि सभा बैठकमा विशेष समय माग गरी उनले राज्य व्यवस्था तथा सुशासन समितिले सर्वसम्मतरूपमा पारित गरेर ल्याएको उक्त व्यवस्था हटाउन सरकारमाथि तीव्र दबाब सृजना गरिएको भन्दै त्यस्तो दबाबबाट सरकारले खुट्टा कमाउन नहुने बताएका हुन् ।
उक्त व्यवस्था हटाउन सचिवहरूले संयुक्त राजीनामाको धम्की दिएको समाचारहरू आफूले सुनेको चर्चा गर्दै उनले भने, ‘सभामुख महोदय सरकारले खुट्टा नकमाइ यो विधेयक अघि बढाओस्, २५ जना सचिवहरूले राजीनामा दिए भने नयाँ सहसचिवले काम पाउँछन् । नयाँ व्यक्तिहरूले जिम्मेवारी पाउँछन् । धम्कीको भरमा विधेयक रोक्न पाइँदैन ।’
FACEBOOK COMMENTS