काठमाडौं । रमेश कोर्पका कार्यकारी निर्देशक सञ्जय अग्रवाललाई आईटी टेक्नोलोजी अफ द इयर अवार्ड प्रदान गरिएको छ ।
कर्पोरेट म्यागजिनको अवार्ड विशेष अङ्क पढ्न यहाँ क्लिक गर्नुहोस्
कर्पोरेट मिडिया ग्रुप (कर्पोरेट म्यागजिन र कर्पोरेट खबर अनलाइन) ले आफ्नो १६औँ वार्षिकोत्सवको अवसरमा उनलाई ‘कर्पोरेट बिजनेश एक्सिलेन्सी अवार्ड, २०८०’ अन्तर्गत सो अवार्ड प्रदान गरेको हो ।
गत वर्ष दक्षिण एशियामा व्यापार व्यवसाय चलाउने सीईओसम्बन्धीको म्यागजिन ‘सीईओ इन्साइट्स एशिया’ले दक्षिण एशियाकै उत्कृष्ट सीईओ छनोट गरेको युवा व्यवसायी तथा उद्यमी सञ्जय अग्रवालले नेपालको आर्थिक क्षेत्रको विकासमा महत्वपूणर् योगदान पुर्याएका छन् ।


नेपाल इटाली चेम्बर अफ कमर्श एण्ड इन्डष्ट्री (एनआईसीसीआई) का अध्यक्ष रहेका उनी मोबाइल फोन इम्पोर्टस एसोसिएशन (एमपीआईए) का उपाध्यक्ष समेत बनेका थिए । अग्रवालले मोबाइल, कन्ज्युमर ड्युरेबल र प्रविधिमा उल्लेखनीय योगदान पुर्याउँदै नेपालमा कलर्स, स्पाइस, एचटीसी, ब्ल्याकबेरी, जीओनी र शाओमीलगायत धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मोबाइल कम्पनीहरूको विस्तार र निर्माणमा महत्त्वपूणर् भूमिका खेलेका छन् ।

